+
+
Shares

त्रिविमा लगाइएको ताला खोल्न स्ववियुका १५ सदस्यको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते २०:१३

२६ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अखिल क्रान्तिकारीले लगाएको ताला खोल्न स्ववियुका सचिव हिक्मत बुढासहित १५ जनाले माग गरेका छन् ।

त्रिविको चार वटा विभागको शुल्क घटाउन माग राखेर क्रान्तिकारीले ताला लगाएको छ । त्यसको विरोधमा त्रिविको स्ववियुका १५ सदस्यले विज्ञप्ति निकालेका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयमा अखिल क्रान्तिकारी को नामबाट उपकुलपति, रेक्टर तथा रजिष्ट्रारका कार्यालयहरूमा गरिएको अनिश्चितकालीन तालाबन्दीप्रति हामी संयुक्त रूपमा घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

ज्ञान उत्पादन र विद्यार्थीको भविष्य निर्माण हुने जस्तो संवेदनशील संस्थामा तालाबन्दी गरी सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधि ठप्प पारेर कुनै पनि समस्याको दिगो र समाधानमुखी निकास सम्भव नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सर्वोच्च अदालतको आदेश तथा संयुक्त विद्यार्थी संघ–संगठनहरूद्वारा शैक्षिक संस्था र विश्वविद्यालयहरूमा तालाबन्दी नगर्ने भनी गरिएको संयुक्त सहमतिको ठाडो उल्लङ्घन गर्दै, स्वयंले गरेको सहमतिलाई नै अवहेलना गरी गरिएको यो अनिश्चितकालीन तालाबन्दी कानुनी राज्यको उपहास मात्र होइन, अत्यन्त लज्जास्पद र गैरजिम्मेवार कार्य हो,’ विज्ञप्तिमा भनिएको छ ।

वार्तामार्फत समस्याको समाधान खोज्न स्ववियुले अनुरोध गरेको छ ।

तालाबन्दी–रहित शैक्षिक संस्था तथा विश्वविद्यालयको पक्षमा उनीहरू उभिएका हुन् ।

‘तालाबन्दी नखुलाइएमा विश्वविद्यालयको नियमित शैक्षिक तथा प्रशासनिक गतिविधि सुचारु गराउने उद्देश्यले तालाबन्दी खोल्ने कार्यमा हामी स्वयंले सहजिकरण गर्ने व्यहोरा सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?