+
+
Shares

सिमलताल नजिकै बस जस्तै सवारीको टुक्रा देखियो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते ११:१७

२७ पुस, काठमाडौं । चितवनको सिमलताल नजिकै बस जस्तै सवारीको टुक्रा देखिएको छ ।

सिमलतालबाट करिब २ सय मिटर तल पारिततर्फ बस जस्तै कुनै सवारीको टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए  ।

‘बस जस्तै कुनै सवारीको टुक्रा भेटिएको खबर आएको छ । हाम्रो इन्स्पेक्टरको टोली घटनास्थल जाँदैछ । त्यसपछि मात्रै यकिन होला,’ डीएसपी खनालले भने ।

२८ असार २०८१ मा सिमलतालस्थित त्रिशूलीमा नदीमा दुई बस बेपत्ता भएका थिए ।

बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो ।

बसमा सवार केही यात्रुको शव भेटिएको थियो भने केही यात्रु वेपत्ता थिए । अहिले देखिएको बस जस्तै सवारी यसअघि बेपत्ता भएका बस हुन् कि भन्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?