+
+
Shares

उनेपासँग एकता भाँडिएसँगै समानुपातिक सूची अध्यावधिक गर्न आयोग जाँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीको नाम अध्यावधिक गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते ११:४७

२७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीको नाम अध्यावधिक गर्ने भएको छ । नेता गणेश पराजुलीका अनुसार आज निर्वाचन आयोग पुगेर अध्यावधिक विवरण बुझाइनेछ ।

रास्वपा र उज्यालो नेपालबीच एकता सम्झौता हुँदा दुई दलले समानुपातिकतर्फको सूची भागबन्डा गरेर बुझाएका थिए । तर, शनिबार साँझ दुई दलबीचको एकता भाँडिएसँगै रास्वपाले उज्यालो नेपालतर्फबाट यसअघि बुझाइएको नामहरूलाई अध्यावधिक गरी अर्को सूची बुझाउन लागेको हो ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?