News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरू लागिपर्ने बताएका छन्।
- उनले महामन्त्री र संस्थापन पक्षधरहरूसँग छलफल गरेर पार्टी विभाजन रोक्ने निर्णयमा पुगेको बताए।
- पार्टीमा सुधार र पुस्तान्तरणको मुद्दा उठाउँदै विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरू लागिपर्ने बताएका छन् ।
सोमबार बिहान नेता डा. शेखर कोईराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पार्टी विभाजन हुन लाग्यो र कसरी जोगाउने भन्ने चिन्ता सबैलाई रहेको पनि बताए ।
‘हामी सबैको चिन्ता पार्टी विभाजन नहोस् भन्ने हो । हाम्रो कामले पार्टी विभाजित नहोस् भन्ने हो । महामन्त्रीहरूसँग पनि छलफल गरेर अघि बढ्न सुझाव दिएका हौँ । संस्थापन पक्षलाई पनि र महामन्त्री पक्षधरलाई पनि विभाजनको पक्षमा नजाऔँ भनेका छौं,’ उनले भने ।
महामन्त्री र संस्थापन पक्षधरहरूसँग छलफल गरेर आफूहरू अघि बढ्ने निर्णयमा पुगेको पनि उनले बताए ।
पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणबारे पनि आफूहरूले मुद्दा उठाउँदै आएको बताउँदै उनले अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
‘पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणको कुरामा जानुपर्छ भनेर सुझाव दिएका छौँ । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने हुन्छ । शेखर कोइरालाले म दुवै पक्षलाई बोलाएर कुरा गर्छु भन्नुभएको छ । पार्टीलाई विभाजनको जोखिमबाट बचाऔं,’ उनले भने ।
प्रतिक्रिया 4