News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको सुन्धारामा मध्यराति आगो ताप्ने क्रममा दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ।
- मृत्यु हुने व्यक्ति सिन्धुली घर भएका २५ वर्षीय विजय राई हुन्, जसलाई बिहान ९ बजेसम्म उठाइएको थिएन।
- प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र पोष्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण यकिन नभएको बताएको छ।
२८ पुस, काठमाडौं । ललितपुरमा मध्यराति आगो ताप्ने क्रममा विवाद हुँदा दुई समूहका युवाहरुबीच झडप भएको छ । झडपमा परेका एक व्यक्तिको मृत्यु भएको छ ।
घटना शनिबार रातिको हो । ललितपुरको सुन्धारामा राति आगो बालेर तीन युवाको समूह आगो ताप्दै थियो । सोही क्रममा अर्को तीन जनाको समूह पनि आगो ताप्ने त्यहाँ मिसिएको थियो ।
प्रहरीका अनुसार दुई समूहबीच आगो ताप्ने क्रममा झडप भयो । त्यसपछि दुबै समूह आ–आफ्नो बाटो लागे । उनीहरु आफ्नो कोठामा गएर सुते । यसरी सुत्ने मध्येका सिन्धुली घर भएका २५ वर्षीय विजय राई भने आइतबार बिहान ९ बजेसम्म उठेनन् । अचेत अवस्थामा रहेका उनलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।
राति झडपमा संलग्न हुनु र बिहान मृत फेला पर्नेले झडपकै मुख्य कारण रहेको हुनसक्ने आशंका गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आइनसकेकाले मृत्युका कारण अहिले नै यकिन नभएको प्रहरीले बताएको छ ।
झडपमा संलग्न दुबै पक्षका युवाहरु ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु रहेको प्रहरीले बताएको छ ।
दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको एसएसपी बोगटीले बताए ।
प्रतिक्रिया 4