२९ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तरुण दलका नेता कार्यकर्ताहरू जम्मा भएका छन् ।
भृकुटीमण्डपमा कांग्रेसकै अर्को पक्षले विशेष महाधिवेशन गरिरहँदा पार्टी कार्यालय सानेपामा उनीहरू जम्मा भएका हुन् । उनीहरूले ‘हामी यहाँ छौं’ भन्ने सन्देश दिनका लागि कार्यालयमा पुगेको जनाएका छन् ।
विशेष महाधिवेशन माग गर्दै आइतबारबाट काठमाडौंमा उद्घाटन सत्र हुँदै बन्दसत्रको कार्यक्रम चलिरहेको छ ।
दुवै पक्षले वार्ता समिति बनाएर निरन्तर छलफल चलाइरहेको छ । यद्यपि अहिलेसम्म सहमति जुट्न नसकेको नेताहरूले बताएका छन् ।
वार्ता चलिरहँदा निर्वाचन निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ ।
सार्वजनिक कार्यतालिकामा मध्यान्ह साढे १२ बजे नै प्रथम मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ । मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ ।
दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ । साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिकामा उल्लेख छ ।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने भएको छ ।
खम्बबहादुर खाती नेतृत्वमा हरेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।








प्रतिक्रिया 4