२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् ।
पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको उनको भनाइ छ ।
बन्दसत्रको समापन समारोहमा बोल्ने क्रममा थापाले भनेका छन्, ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो । मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो ।’
उनले आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको बताए ।
‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन,’ थापाले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4