+
महिला टी-२० विश्वकप ग्लोबल छनोट :

वार्म अप खेलमा नेपालले आयरल्यान्डसँग खेल्दै

२०८२ पुष  ३० गते ६:३५ २०८२ पुष ३० गते ६:३५
वार्म अप खेलमा नेपालले आयरल्यान्डसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टोलीले ३० पुस, काठमाडौंमा आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको पहिलो वार्म अप खेल आयरल्यान्डसँग खेल्दैछ।
  • खेल ३१ पुस विहान ९ बजे तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ र यो आधिकारिक मान्य नहुने भएपनि एक्सपोजरका लागि महत्वपूर्ण छ।
  • नेपालले समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबेसँग प्रतिस्पर्धा गर्नेछ र शीर्ष ३ मा पर्न सके विश्वकपमा छनोट हुनेछ।

३० पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको पहिलो वार्म अप खेलमा नेपाली टोलीले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ ।

खेल बुधबार विहान ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। नेपाली महिला टोलीले हालसम्म आयरल्यान्डसँग खेलेको छैन ।

यो खेल आधिकारिक रूपमा कतै मान्य नहुने भएपनि छनोटको मुख्य खेलअघि एक्सपोजरका लागि महत्वपूर्ण हुनेछ ।

आयरल्यान्डले यसअघि चारपटक महिला टी-२० विश्वकप खेलेको छ । पछिल्लोपटक सन् २०२३ मा भएको विश्वकप खेलेको थियो । महिला टी-२०आई वरियतामा नवौं स्थानमा छ ।

नेपालले यसअघि अमेरिकासँग तीनवटा अनि स्कटल्यान्डसँग एक अभ्यास खेल खेलेको थियो ।

अमेरिकासँगको २ खेल जित्दा एक खेलमा पराजित भएको थियो भने स्कटल्यान्डसँग पराजित भएको थियो ।

आयरल्यान्ड र अमेरिकासँगको वार्म अप खेलपछि नेपालले समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबेसँग खेल्नेछ ।

समूह चरणमा शीर्ष ३ भएर सुपर सिक्समा नेपालले अर्को समूहबाट आएका ३ टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्समा शीर्ष ४ मा रहन सके नेपाल विश्‍वकपमा छनोट हुनेछ ।

नेपालका खेलहरू

जनवरी १४ : आयरल्यान्डसँग वार्म अप खेल
जनवरी १६ : अमेरिकासँग वार्म अप खेल

जनवरी १८ : थाइल्यान्डसँग समूह चरणको खेल
जनवरी २२ : नेदरल्यान्ड्ससँग समूह चरणको खेल
जनवरी २४ : जिम्बाबेसँग समूह चरणको खेल
जनवरी २६ : स्कटल्यान्डसँग समूह चरणको खेल

नेपालको टोली

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय