+
+
Shares

दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफल गर्दै देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते ९:०५

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेटवार्ता गरिरहेका छन् ।

संस्थापन र विशेष महाधिवेशन पक्षधरका वार्ता टोलीबीच सहमति नभएपछि सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माले अहिले बिहान भेटवार्ता गरेका हुन् ।

यसअघि दुवै पक्षका टोलीहरू बीच भएको वार्ता विना निष्कर्ष टुंगिए थियो ।

देउवा निकट एक नेताका अनुसार छलफलका लागि सभापति देउवाले दुई महामन्त्रीलाई बोलाएका हुन् ।

विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढाउँदैछ । विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।

रातभरिका विभिन्न चरणमा भएका वार्ता पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गर्न लागिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशन प्रचार-प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै निर्वाचन कार्यक्रम अगाडि बढाइएको बताए ।

उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौं । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’

पोखरोलले मंगलबार बेलुकी नै विषेश महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरहरुले मंगलबार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?