+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते ११:३९

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन ।

बुधबार बिहान ८ बजेका लागि डकिएको बैठक अहिलेसम्म बस्न नसकेको हो ।

बैठकमा सहभागी हुनका लागि सहमहामन्त्री बद्री पान्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, ज्ञानेन्द्र कार्की, एनपी साउद, गण्डकीका मुख्यमन्त्री लगायतका केन्द्रीय सदस्यहरू सानेपा पुगिसकेका छन् ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक राति साढे ७ बजे सुरु भएलगत्तै आज बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विशेष महाधिवेशन पक्षधरसँग वार्ता जारी रहेकाले बिहान ८ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?