२८ कात्तिक, काठमाडौं । शनिबारका लागि तय भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सोमबारका लागि सरेको छ ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे डाकिएको बैठक सोमबार दिउँसो २ बजे बस्ने छ ।
पार्टीको आगामी महाधिवेशनको मितिमा सहमति खोज्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन भएपछि बैठक सारिएको हो ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अघि वा निर्वाचनपछि महाधिवेशन हुनुपर्ने भन्नेमा कांग्रेसभित्र मत विभाजित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4