
३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि आठ एजेन्डा तय गरिएको छ । २८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ ।
बैठकमा १५औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ ।
मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुई थरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रतिनिधि सभा विघटन र घोषित निर्वाचनका बारेमा छलफल हुनेछ ।
जेनजी आन्दोलनको दोस्रो दिनमा तोडफोड र आगजनी भएका केन्द्रीय कार्यालय सहित सबै कार्यालायको पुनर्निर्माणको छलफल बैठकमा हुनेछ ।
बैठकका थप एजेन्डामा मुलुकको शान्ति सुरक्षा, प्राकृतिक विपद्, कार्यसम्पादन समितिको निर्णयहरू अनुमोदन, विविध लगायत छन् ।
शेरबहादुर देउवाले २८ असोजदेखि कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई तोकेको हुँदा उनको अध्यक्षतामा पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
हेर्नुहोस् बैठकका प्रस्तावहरू :
१. जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा ।
२. पार्टीको १५औं महाधिवेशन तयारी सम्बन्धमा ।
३. प्रतिनिधिसभा विघटन र घोषित २१ फागुनको निर्वाचन सम्बन्धमा ।
४. तोडफोड र आगजनीबाट भग्नावेस भएका केन्द्रीय कार्यालय लगयातका मुलुकभरका विभिन्न कार्यालयहरुको पुनर्निर्माण सम्बन्धमा ।
५. मुलुकको शान्ति सुरक्षा एवं सुशासनको अवस्था सम्बन्धमा ।
६. प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनर्निर्माण सम्बन्धमा ।
७. कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा ।
८. विविध ।
प्रतिक्रिया 4