+
+
Shares

उनेपा कुनै पार्टीसँग एकीकरण नगरी अघि बढ्छ : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष घिसिङले अन्य पार्टीसँग एकीकरण नगरी अगाडि बढिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी अगाडि बढ्ने बताएका छन्।
  • उनीहरूले सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य भएको बताएका छन्।
  • उनले पार्टी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छन्।

३० पुस, काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अन्य पार्टीसँग एकीकरण नगरी अगाडि बढिने बताएका छन् ।

सामाजिक सञ्जालमा आफू अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र आफ्नो नाम जोडेर अन्य पार्टीहरूसँग एकीकरण हुन लागेको भन्ने हल्ला फैलिएको भन्दै उनले त्यस्तो प्रचार भ्रामक र असत्य रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो ।’

भविष्यमा समेत आफ्नो पार्टी अनय कुनै पार्टीसँग एकीकरण नगरी अघि बढ्ने उनको भनाइ रहेको छ ।

उनले लेखेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?