News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार ३० पुस बुधबार १.५२ अंकले बढेर नेप्से परिसूचक २६४१ अंकमा पुगेको छ।
- कारोबार रकम घटेर ६ अर्ब २० करोड पुगेको छ भने १२५ कम्पनीको मूल्य बढेको छ।
- फाइनान्स समूह सबैभन्दा धेरै २.५५ प्रतिशतले बढेको छ र सुपर मादी हाइड्रोपावरको मूल्य ९.९४ प्रतिशतले बढेको छ।
३० पुस, काठमाडौं । पुसको अन्तिम दिन बुधबार सेयर बजार १.५२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव सामान्य रह्यो ।
कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ६ अर्ब २० करोडको भयो ।
१२५ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन फाइनान्स समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.५५ प्रतिशत बढ्यो । मूल्य धेरै बढेका कम्पनीमा पनि फाइनान्सकै वर्चस्व रह्यो ।
त्यस्तै विकास बैंक ०.०१, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.०७, लगानी ०.११, निर्जीवन बीमा ०.३८, व्यापार ०.६७ प्रतिशत बढे । बैंकिङ०.०८, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.४१ तथा माइक्रोफाइनान्स ०.०५ तथा अन्य ०.१३ प्रतिशत घटे ।
सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोपावरको ८.२३, एनएमबी माइक्रोफाइनान्सको ७.३४, गुडविल फाइनान्सको ५.७३, मल्टिपर्पस फाइनान्सको ४.८१, मञ्जुश्री फाइनान्सको ४.१७ प्रतिशत मूल्य बढ्यो ।
मकर जितुमाया सुरीको मूल्य २.५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, युनियन हाइड्रोपावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स तथा दोर्दीखोला जलविद्युत् रहे ।
प्रतिक्रिया 4