News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया थप ढिलाइ भएको छ।
- केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम पुनः संशोधन गरी मनोनयन दर्ता फिर्ताको समय राति ११ देखि ११ बजेर २० मिनेटसम्म राखेको छ।
- उम्मेदवारको अन्तिम नामावली ११ बजेर ३५ मिनेटमा प्रकाशन हुने र मतदान राति २ बजेदेखि बिहान ५ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो।
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा थप ढिलाइ भएको छ ।
सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयनको लागि पहल भइरहेकाले केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम पुन: संशोधन गरेको छ ।
संशोधित कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय राति ११ देखि ११ बजेर २० मिनेटसम्म राखिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन ११ बजेर ३५ मिनेटमा हुने र
राति २ बजेदेखि बिहान ५ बजेसम्म मतदानको समय तय गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4