१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. स्वर्णिम वाग्लेले देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुने बताएका छन् ।
बिहीबार बिहान काठमाडौं महानगरका मेयर बालेन शाहसँगको फोटो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘५ माघमा सभापति रवि लामिछानेसहित हामी जनकपुर आउँदैछौं । देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट, निकास २१ फागुनको निर्वाचनबाट ।’
आर्थिक सुधारको श्रृङ्खला, वृद्धि, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको ‘डेलिभरी मोडल’ लगायत विषयमा रास्वपा नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग चरणबद्ध छलफल जारी रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4