News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले आगामी ४ माघदेखि बागमती प्रदेश कमिटीको प्रज्ञा भवनमा चुनावी अभियान थाल्ने निर्णय गरेको छ।
- भृकृटीमण्डपबाट सुरु हुने चुनावी अभियानमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
- सभाबाट बागमती प्रदेशका १८ निर्वाचन क्षेत्रमा जित्ने घोषणा गरिनेछ।
१ माघ, काठमाडौं । नेकपा एमालेले आगामी ४ माघदेखि चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।
बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा गर्ने कार्यक्रमबाट एमालेले चुनावी अभियान थाल्ने भएको हो । ‘भृकृटीमण्डपबाट शुरु भएर प्रज्ञा भवनमा सभा हुनेछ,’ बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले भनिन्, ‘सभाबाट बागमती प्रदेश कमिटी अन्तर्गत रहेका १८ वटै निर्वाचन क्षेत्रमा जित्ने घोषणा हुनेछ ।’
अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानको उद्घाटन गर्ने भएका छन् । एमालेले राजधानी उपत्यकाका तीन जिल्ला बाहेकलाई बागमती प्रदेश कमिटीमा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4