+
+
Shares

विप्लव र मिराज ढुंगानाबीच ४ बुँदे सहमति

नेत्रविक्रम चन्द (विप्लव) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेत्रविक्रम चन्द (विप्लव) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ।
  • उनीहरूले बिहीबार ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
  • सहमति अनुसार सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, संविधान संशोधन गर्ने र भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने योजना छ।

१ माघ, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

बिहीबार विप्लव र ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

यस्तो छ ४ बुँदे सहमति

सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने

जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने

आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने

भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने

ढुंगाना नेतृत्वको जेनजी समूहले आज माइतीघरमा प्रदर्शन पनि गरेको थियो । सोक्रममा ढुंगानाले जेनजी विद्रोहबाट अर्थहीन निर्वाचनमात्रै पाएको टिप्पणी गरे ।

अहिले नयाँ भन्नेहरुले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको उनको भनाइ थियो । ‘पात्र मात्र गलत होइनन्, यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ,’ उनले भने, ‘व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?