+
+
Shares

गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते ८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ।
  • नेपाल प्रहरीमा १ हजार ६९५ जनाको आवश्यकता भए पनि १ हजार १२८ जनाको आवेदन परेको छ।
  • सशस्त्र प्रहरीमा १७९ जनाको आवश्यकता भए पनि १३१ जनाको आवेदन परेको र म्याद थप गरिएको छ।

२ माघ, गुल्मी । गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । मागअनुसार निर्वाचन प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो ।

माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो ।

नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १ हजार १२८ जनाको मात्रै आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माग गरिएको संख्याभन्दा उल्लेख्य रूपमा कम आवेदन परेपछि थप समय दिइएको कार्यालयले जनाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १३१ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि आवेदन म्याद थप गरिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति पूर्ति गर्न म्याद थप गरिएको हो । तोकिएको योग्यता पूरा गरेका इच्छुक युवालाई तोकिएको मितिभित्र आवेदन दिन आग्रह गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न पर्याप्त सुरक्षाकर्मीको व्यवस्था आवश्यक भएकाले थपिएको दुई दिनमा आवेदन संख्या बढ्ने अपेक्षा गरिएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि देशभर १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना प्रक्रिया जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?