+
+
Shares

सांगीतिक जोडी लक्ष्मण र कल्पनाले ल्याए ‘उडी पुतली’, बले र आश्माको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकदोहोरी संगीतको चर्चित जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ युट्युबमा सार्वजनिक भएको छ।
  • गीतको शब्द र संगीत लक्ष्मणले तयार पारेका हुन् भने गायनमा कल्पनाले साथ दिएकी छन् र भिडियोमा सागर लम्साल र आश्मा विश्वकर्माले नृत्य गरेका छन्।
  • लक्ष्मण पौडेलले अमेरिकामा बसेर नेपाली संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न लागिपरेको बताए र यो गीतले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरिरहेको छ।

काठमाडौं । लोकदोहोरी संगीतको चर्चित जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ युट्युबमा सार्वजनिक भएको छ ।

पौडेलको शब्द र संगीत रहेको गीतको गायनमा लक्ष्मणलाई कल्पनाले साथ दिएकी छन् । गीतको भिडियोमा सागर लम्साल ‘बले’ र आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।

अमृत लगुनले गीतमा र्‍याप आवाज दिएका छन् । कार्टुन्ज क्रूका सरोज अधिकारीले निर्देशन गरेको भिडियो डान्सिङ ट्रयाक शैलीमा बनेको छ । लोकगीतलाई हिपहप संगीतसँग जोडेर लक्ष्मणले कम्पोजमा नयाँ स्वाद पस्किएका छन् ।

लक्ष्मण कल्पना युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोले रिलिजसँग सकारात्मक प्रतिक्रिया बटुलेको छ । यो सांगीतिक जोडी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आइरहेको छ । उनीहरूले यो गीतको कम्पोज अमेरिकामै गरेका हुन् ।

पाल्पा रामपुर घर भएका पौडेल नेपाली लोकदोहोरी गायनको चर्चित नाम हो । कुनै बेला काठमाडौंका सडकपेटीमा साइकल हाँकेर क्यासेट बेच्नेदेखि रेकर्डिस्ट, म्युजिक एरेन्जर, लेखन, गायन, म्युजिक कम्पनी संचालनको अनुभव उनीसँग छ ।

सांगीतिक यात्राको सिलसिलामा उनले चर्चित गायिका कल्पनासँग विवाह गरे । ‘हो माया ढाँटे मरिजाम, ‘दुःखीको घरपर्‍यो रामपुर फाँटैमा’ उनका चर्चित गीत हुन् ।

पौडेलले ‘आँधिखोला उर्लेर आयो, आउने थिइँन मायाले बोलायो’ रिमिक्स गीतमार्फत लोकदोहोरीमा उनले र्‍यापको सुरुवात गरे । ‘बेनीको बजार जता माया उतै छ नजर’ रिमिक्स गीत त झनै सुपरहिट मानिन्छ ।

उनको पछिल्लो गीत ‘उडी पुतली’ ले दर्शकको मन जित्ने विश्वास उनको छ । गोदावरी र बालाजु ल्याबमा छायांकन गरिएको यो गीतको भिडियो पनि आकर्षक देखिन्छ ।

पौडेलले आफू अमेरिकामा बसेर भएपनि नेपाली संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न लागिपरेको बताए । उनी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्याण्डका पूर्वअध्यक्ष पनि हुन् । आफ्नो कार्यकालमा उनले कला प्रवर्धनमा पनि भूमिका खेले ।

गीतले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?