+

राष्ट्रिय फुल कन्ट्याक्ट कराते आइतबारदेखि

२०८२ माघ  ३ गते २१:१४ २०८२ माघ ३ गते २१:१४
राष्ट्रिय फुल कन्ट्याक्ट कराते आइतबारदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्योकुसिन कराते डो संघ वज्रले २४औं राष्ट्रिय पुरुष खुला र १८औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफबाट करिब १ सय खेलाडी सहभागी हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन्।
  • दुईदिनसम्म चल्ने खेलहरू राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने र शीर्ष चार स्थानमा नगद पुरस्कार दिइने छ।

३ माघ, काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा २४औं राष्ट्रिय पुरुष खुला तथा १८औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा वज्र फाइट आइतबारदेखि हुने भएको छ ।

पुरुषमा खुला तौलसमूह तथा महिलामा ६० केजीमुनि र ६० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष चार स्थानमा रहने क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

वज्र फाइटमा ५ तौलसमूहमा भिडन्त हुनेछ । पुरुषमा ३ र महिलामा २ स्पर्धामा खेल हुनेछ । पाँचै स्पर्धामा नगद पुरस्कार रहेको छ ।

प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफबाट करिब १ सय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

राष्ट्रिय फुल कन्ट्याक्ट कराते

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय