+
+
WC Series
Nepal Women
122/10 (20)
VS
६५ बलमा ५७ रन आवश्यक
Thailand Women
66/1 (9.1)
Shares

सुनको भाउ बढ्यो, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिन २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
  • चाँदीको भाउ आइतबार तोलामा २० रुपैयाँ घटेर ५ हजार ६२५ रुपैयाँ पुगेको छ।

४ माघ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको छ । चाँदीको भाउ गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?