+
+
Shares

रवि-बालेन सँगै देखिँदा उत्साहित जनकपुर (तस्वीरहरू)

काठमाडौंको मेयरबाट राजीनामा दिएर जनकपुरमा सम्बोधन गर्न पुगेका बोलेनले मैथिलि भाषामा सम्बोधन गरे ।

शंकर गिरी शंकर गिरी
२०८२ माघ ५ गते १७:४८

५ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सभा आयोजना गरेको छ । रास्वपाले यो सभालाई ‘परिवर्तन उद्घोष सभा’ नाम दिएको छ ।

सभामा सहभागी हुनका लागि तिरहुतिया गाछीमा आयोजित सभामा सहभागी हुन नजिकका विभिन्न जिल्लाहरूबाट बाक्लो संख्यामा समर्थकहरूको भिड थियो ।

यही सभाका लागि सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डा. स्वर्णिम वाग्ले, नेताहरू मनिष झा, सोबिता गौतम लगायत पुगेका थिए ।

सोही सभामा मधेशका नेताहरू रहबर अन्सारी र अमरेशकुमार सिंह लगायत रास्वपामा प्रवेश गरे ।

काठमाडौंको मेयरबाट राजीनामा दिएर जनकपुरमा सम्बोधन गर्न पुगेका बोलेनले मैथिलि भाषामा सम्बोधन गरे । उनको सम्बोधनका क्रममा भिड उत्साहित देखियो ।

छोटो सम्बोधन गरेका बालेनले काठमाडौंको मेयरका रुपमा धेरै काम गर्न नसकिएको, अब प्रधानमन्त्री बनेर जनताको मुहार फेर्न चाहेको लगायतका भाषण गरे ।

सभापति लामिछानेले भने आफू बालेनसँगको सहकार्यबारे निकै उत्साहित भएको बताए ।

थप तस्वीरहरू :

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?