
२० असोज, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद समाधानका सामाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ ।
असोज १७ गते दुर्गा माताको मूर्ति विसर्जन गर्ने क्रममा समुदायबीच झडप र तनाव उत्पन्न भएको थियो ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयको पहलमा आज बसेको दुवै धार्मिक समुदायका अगुवा तथा सुरक्षासंस्थाका प्रतिनिधिहरू लगायतको सर्वपक्षीय बैठकले गैरकानूनी तथा अराजक घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्ने निर्णय पनि गरेको छ ।
बैठकले यसअघि मिति २०८२ भदौ १६ र २०७८ कार्तिक २९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा तेलिया पोखरी विवाद व्यवस्थापनका विषयमा भएका निर्णयहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने सहमति पनि भएको हो ।
देवपुरा रुपैठा क्षेत्रमा धार्मिक सद्भाव, सामाजिक एकता र शान्ति कायम राख्न सबै राजनीतिक दल र धार्मिक समुदायले आफ्नो तर्फबाट सक्रिय पहल गर्ने र कुनै पनि व्यक्ति वा समूहले सद्भावमा खलल पुग्ने गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रतिक्रिया 4