+
+
Shares

मधेश प्रदेशमा गृहमन्त्रीको एक्सन : डोजरले खाली गराए जनकपुरको फुटपाथ

फुटपाथ व्यवसायीहरूले भने आफ्नो जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते २१:१२

१६ चैत, जनकपुरधाम । जनकपुरधामको शिवचोकस्थित गंगासगारको पश्चिमतर्फ रहेको फुटपाथ बजार डोजर लगाएर खाली गराइएको छ । मधेशका गृहमन्त्री फकिरा महतोले आफै नेतृत्व गरी दुई दिन लगाएर फुटपाथ बजार खाली गराएका हुन् ।

फुटपाथमा वर्षौँदेखि अस्थायी संरचना राखेर बजार लगाउने गरिएको थियो । त्यसले  गंगासागरको पश्चिमतर्फको भागको सौन्दर्यीकरण समेत छोपेको थियो ।

गृहमन्त्री महतोले आफै अगुवाइ गरी नेपाल प्रहरी र नगर प्रहरीको सहयोग लिएर डोजरले फुटपाथ खाली गराएका छन् । आइतबारदेखि केही मात्रै भत्काएपछि बाँकीले सोमबार बिहान ११ बजेसम्मको अल्टिमेटम दिइएको थियो । तर, अटेर गरेपछि सोमबार पुनः डोजर चलाइएको छ ।

फुटपाथ व्यवसायीहरूले भने आफ्नो जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था हुनुपर्ने माग गरेका छन् । यस्तै उनीहरूले आफ्नो मात्र नभई सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका ठूला भवन र होटेलमा पनि डोजर चलाउन चुनौती दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?