+
+
Shares

जनकपुर ढल्केबर सडकखण्डमा युवकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १०:५९

१२ कात्तिक, जनकपुरधाम । धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा एक युवक मृत फेला परेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया स्थित पूर्वपट्टि सडक छेउमा वडा नम्बर ५ बस्ने ३५ वर्षीय आजिम कवारी मृत फेला परेका हुन् ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट पुगेका टोलीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?