+
+
Shares

एक थान सांसदका लागि रुकुमपूर्व आएको होइन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:४९

६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक थान सांसद पदका लागि मात्रै आफू रुकुम पूर्वबाट चुनाव लड्न नआएको दाबी गरेका छन् ।

शहीद वेपत्ताका सपना अलपत्र परेपछि र जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा परेपछि आफू पुन: रुकुमपूर्वका जनता माझ आएको उनले बताए ।

उम्मेदवारी दर्ता गरेपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले शहीद वेपत्ताका सपना पूरा गर्ने र समाजवादको यात्रालाई केन्द्रीय आधार इलाकाबाट अघि बढाउने संकल्पसहित आफू रुकुम पूर्व आएको बताए ।

प्रचण्डले जनयुद्धका शहीद लक्षीराम केसी (पवन)का छोरा जीवन खड्का र अर्का युवा कालि प्रसाद रोक्काको प्रस्ताव तथा भिउमान घर्ति र कुमारी बराल गौतमको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?