९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कालिकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले आज निर्वाचन आयोगमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका उनलाई रोकेर विशेष पक्षमा खुलेका पार्टी केन्द्रले हर्षबहादुर बमलाई टिकट दिएको थियो ।
शाही ०७० र ०७४ को प्रतिनिधिसभाको निर्वाचन लडेका थिए । नेविसंघको पूर्वमहासचिव रहेका शाहीले भने, ‘पार्टीको निर्देशअनुसार पार्टीकै उम्मेदार हर्षबहादुरजीलाई जिताउन म अब फिल्डमा खटिएँ । अनेक असहमतिका बीच पनि उम्मेदवारी फिर्ता लिएँ ।’
आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया 4