+
+
Shares

चुनावको कारण देखाउँदै निर्माताले स्थगित गरे ‘कल्ली’ को प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माताले चुनावलाई कारण देखाउँदै फिल्म ‘कल्ली’ को प्रदर्शन मिति स्थगित गरेको छ।
  • लेकाली इन्टरटेनमेन्ट प्रालिका किरण नेपालीले नयाँ सरकार गठनपछि प्रदर्शन मिति घोषणा गर्ने बताए।
  • फिल्ममा सौगात मल्ल, बेनिशा हमाल र नाजिर हुसेनको अभिनय छ र प्रतिनिधिसभाको चुनाव २१ फागुनमा हुँदैछ।

काठमाडौं । चुनावलाई कारण देखाउँदै निर्माताले फिल्म ‘कल्ली’ को प्रदर्शन मिति स्थगित गरेका छन् । यो फिल्म १ फागुनदेखि देशब्यापी प्रदर्शन तयारीमा थियो ।

लेकाली इन्टरटेनमेन्ट प्रालिका तर्फबाट किरण नेपालीले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सरकारको गठन र निर्वाचनपछिको सहज वातावरण बनेलगत्तै नयाँ प्रदर्शन मिति घोषणा गर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान परिस्थितिमा हाम्रो प्यारो देश निर्वाचनमा होमिएको छ । राष्ट्रको भविष्य के हुने हो भन्ने महत्वपूर्ण र जटिल घडीमा सम्पूर्ण नागरिकको ध्यान र राज्यको प्राथमिकता देशको राजनीति र निर्वाचनतर्फ केन्द्रित हुनु स्वाभाविक र आवश्यक पनि हो । हामी विश्वास गर्छौँ- ‘पहिले देश, अनि मात्र कला र मनोरञ्जन’ ।

चुनावपछि हुने नयाँ सरकार गठनपछिमात्र प्रदर्शन मिति घोषणा गर्ने जनाउँदै निर्माताले भनेका छन्, ‘केही समयको यो प्रतीक्षाले हाम्रो प्रस्तुतिलाई अझ निखारिएको र भव्य रूपमा यहाँहरूमाझ ल्याउन मद्दत पुग्ने विश्वास हामीले लिएका छौँ । राष्ट्रप्रतिको यो दायित्व बोध र हाम्रा दर्शकको धैर्यताका लागि हामी हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछौँ ।’

यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन लगायतको अभिनय छ । प्रतिनिधिसभाको चुनाव २१ फागुनमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?