+
+
Shares

भारत-ईयू सम्झौताको अमेरिकाद्वारा आलोचना

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १६:२५
Photo Credit : Press Information Bureau (PIB)/Anadolu via Getty Images

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टले भारत–युरोपेली सङ्घको व्यापार सम्झौतामा युरोपको रवैयादेखि आफू निराश भएको बताए।
  • बेसेन्टले भने, 'भारतले सुरुमा प्रतिबन्धित रूसी तेल सस्तोमा किनेर युरोपलाई पुनः बिक्री गरिरहेको छ।'
  • अमेरिकाले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाएको तर युरोपले भारतसँग ठूलो व्यापार सम्झौता गरेको बेसेन्टले उल्लेख गरे।

१५ माघ, काठमाडौं । भारत र युरोपेली सङ्घ (ईयू) बीच भएको व्यापारिक सम्झौतालाई भारतले ‘मदर अफ अल डील्स’ (सम्झौताहरूको जननी) भनिरहँदा अमेरिकाले भने यसको आलोचना गरेको छ।

सीबीएनसँग कुरा गर्दै अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टले भने, ‘भारतले आफ्नो लागि जे ठीक हुन्छ, त्यही गर्नुपर्छ। तर युरोपको रवैयादेखि म एकदमै निराश छु।’

बेसेन्टले अगाडि थपे, ‘युक्रेन–रुस युद्धका कारण उही मानिसहरू फ्रन्टलाइनमा छन्। भारतले सुरुमा प्रतिबन्धित रूसी तेल सस्तो मूल्यमा पाइने भएकाले खरिद गर्न थाल्यो। पछि युरोपले त्यही रिफाइन्ड तेल भारतबाट किन्न सुरु गर्‍यो। यसरी हेर्दा उनीहरू आफैँले आफ्नै विरुद्धको लडाइँलाई आर्थिक सहयोग (फन्डिङ) गरिरहेका छन्।’

बेसेन्टले भारतमा दबाब बढाउनका लागि अमेरिकाले भारतीय उत्पादनमाथि २५ प्रतिशत अतिरिक्त भन्सार (ट्यारिफ) लगाएको, तर युरोपले त्यसो नगरेको बताए। 

उनले भने, ‘युरोपेलीहरू सधैँ युक्रेनी जनताको भलाइको कुरा गर्छन्, तर भारतसँग यस्तो सम्झौता गरेर उनीहरूले युक्रेनी जनताभन्दा व्यापारलाई बढी प्राथमिकता दिएको प्रष्ट पारेका छन्।’

बेसेन्टले यसअघि पनि यस सम्झौताको कडा विरोध गर्दै आएका थिए। उनले जनवरी २६ मा एबीसी न्यूजसँग कुरा गर्दै भनेका थिए, ‘युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाले युरोपभन्दा बढी बलिदान दिएको छ। रूसी तेल खरिद गरेकै कारण हामीले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगायौँ, तर बदलामा युरोप भने भारतसँग ठूलो व्यापार सम्झौता गर्न गइरहेको छ।’

यसअघि अमेरिकाका व्यापार प्रतिनिधि जेमिसन ग्रियरले ‘फक्स बिजनेस’ सँग कुरा गर्दै यो सम्झौताले युरोपको तुलनामा भारतलाई बढी फाइदा पुर्‍याएको दाबी गरेका थिए।

(बीबीसी हिन्दीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?