+
+
Shares

स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित बनाउँदै छौं : मन्त्री गौतम

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रयास भइरहेकाले केहिदिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १६:२७

१५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रयास भइरहेकाले केहिदिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी छन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले अहिलेकै स्वरुपमा बीमा कार्यक्रम अघि बढ्न नसक्ने भएकाले यसलाई व्यवस्थित गर्ने प्रयास भएको र केहिदिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी हुन् ।

उनले निःशुल्क पाइने उपचारमा समेत बिरामीलाई बीमामार्फत पैसा तिर्न बाध्य पार्दा स्रोतहरूको दुरूपयोग हुने सम्भावना पनि धेरै देखिएको धारणा राखिन् ।

मन्त्री गौतमले स्वास्थ्य कर कोषमा प्राप्त हुने रकम संविधानले नै किटेको अवस्थामा उक्त रकम समेत निकै न्यून मात्रामा प्राप्त भइरहेको गुनासो गरिन् । कतिपय अवस्थामा औषधिको मूल्य पनि बीमातर्फ एकदम महँगो रेटमा राख्ने, धेरै बोझ पर्ने भएकाले सुधारको काम भइरहेको उनको भनाइ छ ।

मन्त्री गौतमले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक समस्या हुन नदिने र मन्त्रालयका तर्फबाट हुनुपर्ने भुक्तानी नरोकिने स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?