+
+
Shares

गगनले पार्टी प्रवेश गराएको भोलिपल्टै जसपा नेपालमै फर्किए वडाध्यक्ष गुप्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ताले नेपाली कांग्रेस छोडेर जनता समाजवादी पार्टी नेपालमा फर्किएको घोषणा गरेका छन्।
  • गुप्ताले आफू सुरुदेखि जसपामा रहेको र आगामी निर्वाचनमा पनि जसपालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • हिजो गगन थापाले कांग्रेसमा भित्र्याएका चार जना वडाध्यक्षमध्ये गुप्ता पुनः जसपामा फर्किएका छन्।

१५ माघ, सर्लाही । हिजो (बुधबार) मात्र नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा भित्र्याएका सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता आफ्नै पूरानो पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपालमा फर्किएका छन् ।

जसपाबाट निर्वाचित वडाध्यक्ष गुप्ताले आज आफू कांग्रेस परित्याग गरी पूरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन् । उनले आगामी निर्वाचनमा पनि जसपा नेपाललाई नै सहयोग गर्ने स्पष्ट पारेका छन् ।

एक भिडियोमा उनले आफू सुरुदेखि नै जसपामा रहेको, पार्टीप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका–५ का निर्वाचित वडाध्यक्षका रूपमा काम गरिरहेको बताएका छन् ।

यसघि पार्टीको गठबन्धनका कारण केही समयका लागि नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंहसँग नजिकिएको र सोही कारण त्यहाँ गएको बेला आफूलाई सम्मान गरेको उनले बताएका छन् ।

साथै, उनले आफ्नो पार्टी छोडेर अन्य कुनै दललाई भोट नदिने र जसपाप्रति पूर्ण निष्ठा कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

हिजो ( बुधबार ) सर्लाहीको गोडैतामा गगनलाई सहयोग गर्ने भन्नै उनीसहित चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?