+
+
Shares

बैंकहरूको खुद नाफामा नउठेको ब्याज हिस्सा २८ प्रतिशत, डेढ अर्बसम्म बक्यौता

बैंकहरूको खुदा नाफा ३० अर्ब ५९ करोडमा ८ अर्ब ५२ करोड रुपैयाँ पाकेको तर नउठेको ब्याज हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफामा २८ प्रतिशत उठ्न बाँकी ब्याजको योगदान देखिएको छ।
  • चालु आव पुससम्म बैंकहरूको औसत खराब कर्जा ५.०७ प्रतिशत पुगेको छ र गैरबैंकिङ सम्पत्ति बढेको छ।
  • एनआईसी एसिया बैंकको उठ्न बाँकी ब्याज सबैभन्दा धेरै १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।

१६ माघ, काठमाडौं । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूले देखाएको खुद नाफामा २८ प्रतिशत उठ्दै नउठेको ब्याजको योगदान देखिएको छ ।

बैंकहरूको खुदा नाफा ३० अर्ब ५९ करोडमा ८ अर्ब ५२ करोड रुपैयाँ पाकेको तर नउठेको ब्याज हो ।

बैंक तथा वित्तीय संस्थाले विवरण तयार गर्दा नेपाल वित्तीय प्रतिवेदन मान अनुसार गर्छन् । यो प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा बैंक तथा वित्तीय संस्थाले पाकेको तर नउठेको ब्याजलाई पनि आम्दानीमा सामेल गर्न पाउने व्यवस्था छ । यसरी सामेल गरिएको आम्दानीलाई नियामकीय समायोजना मार्फत घटाउने अभ्यास छ ।

चालु आव दोस्रो त्रैमासमा २० वाणिज्य बैंकहरूको उठ्न बाँकी ब्याज ८ अर्ब ५२ करोड रुपैयाँमात्र छ । गत आव सोही अवधिमा उक्त शीर्षकमा बैंकहरूको उठेको ब्याज नै १ खर्ब ४४ करोड बराबर छ । गत आव दोस्रो त्रैमासमा धेरै बैंकहरूको बाँकी ब्याज उठेको अवस्था थियो ।

बैंकहरूले पाकेको तर नउठेको ब्याजलाई पनि आम्दानीमा बाँधेपछि खुद नाफामा पनि त्यसको योगदान देखिने नै भयो । चालु आव पुससम्म बैंकहरूले गरेको खुद नाफामा उठ्न बाँकी रहेको ब्याज हिस्सा २७.८७ प्रतिशत छ । तर, गत आव सोही अवधिमा बैंकहरूको नाफामा बक्यौता उठेको ब्याज योगदान देखिन्छ  ।

गत आव दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा २७ अर्ब ४३ करोड थियो । त्यसमा १ अर्ब ४४ करोड उठेको बक्यौता ब्याजको योगदान छ ।

कोरोना महामारी, आर्थिक मन्दी तथा जेनजी आन्दोलनले बैंकहरूको कर्जाको साँवाब्याज असुली जटिल अवस्थामा पुगेको छ । कर्जाको साँवाब्याज उठ्न नसक्दा समग्र वित्तीय क्षेत्रको खराब कर्जा पनि बढेको छ ।

चालु आव पुससम्म बैंकहरूको औसत खराब कर्जा ५.०७ प्रतिशत पुगेको छ । त्यसैगरी खराब कर्जा घटाउन धितो सकार गर्ने क्रम बढ्दै गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेको छ । घरजग्गा कारोबारमा देखिएको समस्याले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढेको हो ।

बैंकहरूको उठ्न बाँकी ब्याज बढ्नु बैंकिङ क्षेत्रका लागि सकारात्मक संकेत नभएको एक बैंकरले बताए । कोरोना महामारीपछिको आर्थिक मन्दीका कारण बैंकहरूको कर्जाको साँवाब्याज उठ्न सकेको थिएन । त्यो समस्या सहज नहुँदै गत भदौमा भएको जेनजी आन्दोलनले कर्जाको साँवाब्याज नउठ्ने समस्यालाई मद्दत गर्‍यो ।

चालु आव पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफामा धेरै हिस्सा उठ्दै नउठेको ब्याजको थियो । उनीहरूको १३ अर्ब १४ करोड खुद नाफामा ७ अर्ब ३० करोड उठ्न बाँकी छ । उठ्न बाँकी ब्याज रकमको हिस्सा ५५.५७ प्रतिशत छ । पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा उठ्न बाँकी ब्याज करिब डेढ अर्बले धेरै हो ।

चालु आव पुससम्म एनआईसी एसिया बैंकको उठ्न बाँकी ब्याज सबैभन्दा धेरै १ अर्ब ४५ करोड रुपैयाँ छ । दोस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको उठ्न बाँकी ब्याज १ अर्बभन्दा धेरै छ ।

चालु आव दोस्रो त्रैमासमा सबै बैंकको उठ्न बाँकी ब्याज छ । तर, गत आव सोही अवधिमा केही बैंकले उठ्न बाँकी ब्याज उठाएका थिए ।

(माइनस चिह्नले उठेको ब्याज जनाउँछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?