+
+
Shares

धनगढीका मेयर हमालले भने – सबैले पार्टी रोजे, मैले जनता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १३:०३

१८ माघ, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले भने जनता रोजेको बताएका छन् । मेयर हमालले सामाजिक सञ्जालमार्फत एउटा तस्वीर शेयर गर्दै ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ।’ लेखेका छन् ।

२०७९ को बैशाखमा भएको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढीको मेयर भएका हमाल अहिलेसम्म कुनै पनि पार्टीमा आवद्ध छैनन् ।

उनीसँगै स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंका मेयर बनेका बालेन शाह रास्वपा प्रवेश गर्दै प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।

स्वतन्त्र उम्मेदवार भएर धरान उपमहानगरपालिकाको मेयर जितेका हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गर्दै सुनसरी-१ बाट उम्मेदवारी दिएका छन् । दुवै जनाले मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभाको चुनावमा होमिएका बेला हमाल भने उपमहानगरपालिकाकै काममा व्यस्त छन् ।

स्थानीय चुनावमा नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल मेयरमा निर्वाचित भएका थिए । हमालले २६ हजार ८६५ मत प्राप्त ल्याएर विजयी हुँदा वडले १४ हजार ८१७ मत पाएका थिए भने तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?