+
+
Shares

प्रधानमन्त्रीसँग श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थीको भेट

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १७:२२

२१ माघ, काठमाडौं ।  नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेकी छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेकी हुन् ।

भेटका क्रममा दुवै पक्षबीच नेपाल र श्रीलंका बीचको आपसी द्विपक्षीय सम्बन्ध तथा हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ दिनुका साथै उनको कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् ।

राजदूत डेल्पिटियाले हालै मात्र नेपालमा आफ्नो पदभार सम्हालेकी हुन् ।

उनले यसअघि श्रीलंकाको विदेश मन्त्रालयमा पूर्वी एशिया तथा अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य विभागको महानिर्देशक तथा बंगलादेशमा उप–उच्चायुक्तको रूपमा कार्य गरेकी थिइन् ।

यो भेटले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?