News Summary
Generated by OK AI. Editorially reviewed.- पञ्चकन्या ग्रुपले ११औं नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पोमा नयाँ 'पीकेजी बाथवेयर' स्यानिटरी लाइन सार्वजनिक गरेको छ।
- ग्रुपले इटालीको 'एलुके' आल्मुनियम सिस्टमको आधिकारिक च्यानल पार्टनर भएर प्रिमियम ढोका र झ्याल उपलब्ध गराइरहेको छ।
- पञ्चकन्याले स्मार्ट वाल हङ कमोड र १० वर्षसम्मको वारेन्टीसहितका अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपालमा ल्याएको छ।
२२ माघ, काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना पञ्चकन्या ग्रुपले बिहीबारदेखि सुरु भएको ‘११औं नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो’ मा आफ्नो प्रभावकारी उपस्थिति जनाउँदै नयाँ उत्पादन सार्वजनिक गरेको छ ।
ग्रुपले स्यानिटरी, प्रिमियम विन्डोज र बाथवेयर क्षेत्रमा विश्वस्तरीय प्रविधि र गुणस्तर भित्र्याएको जानकारी दिएको छ ।
पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले एक्स्पोमा पहिलो पटक ‘पीकेजी बाथवेयर’ ब्रान्ड अन्तर्गत स्यानिटरी लाइन सार्वजनिक गरिएको बताए ।
ग्राहक, इन्जिनियर र आर्किटेक्टहरूको सुझाव ध्यानमा राखेर यो नयाँ ब्रान्ड विकास गरिएको उनको भनाइ छ । एक्स्पोको हल नम्बर ए१०१ मा प्रदर्शित यी सामग्रीमा विभिन्न डिजाइनका बेसिन र कमोड समावेश छन् ।
इटालियन प्रविधि र आधुनिक विन्डोज सिस्टम
पञ्चकन्या डिमेक्सका प्रबन्ध निर्देशक रितेश सिलवालका अनुसार कम्पनीले इटालीको प्रख्यात ‘एलुके’ आल्मुनियम सिस्टमको नेपालका लागि आधिकारिक च्यानल पार्टनरका रूपमा प्रिमियम ढोका, झ्याल उपलब्ध गराइरहेको छ ।

यो सिस्टम ७० भन्दा बढी देशमा प्रचलित छ र यो वाटर टेस्ट तथा विन्ड लोड टेस्ट गरिएको पूर्णत: सुरक्षित र टिकाउ मानिन्छ । विशेषगरी १० देखि १५ फिटसम्मका ठूला स्लाइडिङ ढोका, सिमलेस ‘इन्फिनियो’ सिरिज र साउन्डप्रुफ झ्यालहरू कम्पनीका मुख्य आकर्षण हुन् ।
नेपालमै उत्पादित रंगिन यूपीभीसी झ्यालहरूमा जर्मनीको फोइल ल्यामिनेसन प्रयोग गरिएको र यसमा २० वर्षसम्मको वारेन्टी रहेको सिलवालले जानकारी दिए । साथै, गाडीको झ्यालमा प्रयोग हुने ‘टीपीई’ ग्यास्केट प्रविधि प्रयोगले यी झ्याल अझ स्तरीय बनाएको उनको भनाइ छ ।
गुणस्तर, बजार र शतप्रतिशत ब्रास फिटिङ्स
पञ्चकन्या बाथवेयरले नेपाली बजारमा प्रवेश गरेको एक वर्षभित्रै उल्लेख्य व्यावसायिक सफलता हासिल गरेको छ । कम्पनीका सेल्स हेड वसन्त रिजालका अनुसार हालसम्म नेपालभरि १८ वटा मुख्य वितरक र १ सयभन्दा बढी सहायक डिलर मार्फत कारोबार गर्न कम्पनी सफल भएको छ ।

गुणस्तर मामिलामा पञ्चकन्याले अन्य ब्रान्डको तुलनामा भिन्न पहिचान बनाएको दाबी कम्पनीको छ । बजारमा उपलब्ध अधिकांश ब्रान्डले जिंक मिश्रित ह्यान्डल प्रयोग गरिरहेको समयमा पञ्चकन्याले आफ्ना उत्पादनमा शतप्रतिशत ‘हनी ब्रास’ प्रयोग गरेको छ ।
सन् २०१८ यता ब्रासजन्य उत्पादनको माग र बजार ७० प्रतिशतले बढेको उल्लेख गर्दै रिजालले पञ्चकन्याका सामान छुनेबित्तिकै उपभोक्ताले यसको शुद्धता र गुणस्तर अनुभव गर्न सक्ने बताए ।
स्मार्ट कमोड र अत्याधुनिक सेवा
यसै वर्षदेखि कम्पनीले स्यानिटरी सामानको शृङ्खला पनि बजारमा ल्याएको छ । पञ्चकन्याले बाथरुममा देखिने पानीको न्यून प्रेसर र सक्सनको समस्या समाधान गर्न शक्तिशाली फ्लसिङ सिस्टम भएका कमोड ल्याएको छ ।
कम्पनीले नेपालमै पहिलो पटक ‘स्मार्ट वाल हङ’ कमोड सार्वजनिक गरेको छ, जसमा अटोमेटिक फ्लसिङ प्रविधि जडान गरिएको छ । भित्तामा झुन्डिने यस्तो कमोडले बाथरुमको भुइँ सफा राख्न मद्दत गर्ने र कीटाणु जम्न नदिने रिजालले जानकारी दिए । साथै, कम्पनीका बेसिन पेडेस्टलहरू १० वर्षसम्म पनि पहेँलो नहुने र चमक कायम रहने गरी उत्पादन गरिएको दाबी गरिएको छ ।

यी उत्पादनमा अन्तर्राष्ट्रिय स्तरका फिटिङ्स प्रयोग गरिएको छ । कम्पनीले आफ्ना उत्पादनमा आकर्षक वारेन्टीको व्यवस्था समेत गरेको छ, जस अन्तर्गत सिट कभरमा ३ वर्ष, भित्री फिटिङ्समा २ वर्ष र ग्लेजमा १० वर्षको वारेन्टी उपलब्ध छ ।
त्यसैगरी धाराहरूमा १० वर्षसम्म नि:शुल्क ग्राहक सेवा प्रदान गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ । ग्राहकलाई सहज सेवा दिन हालसम्म नेपालका विभिन्न २० स्थानमा ग्राहक सेवा केन्द्र स्थापना भइसकेका छन् ।
विशेष अफर
एक्स्पो अवधिभरि पञ्चकन्याका उत्पादनहरू बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले १० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरेको छ । उपभोक्ताले यी अत्याधुनिक उत्पादनको प्रत्यक्ष अनुभव र जानकारी प्रदर्शनी स्थल वा कम्पनीको कार्यालयबाट लिन सक्नेछन् ।
निर्माण सामग्री क्षेत्रमा गुणस्तर र नवीनता प्राथमिकता दिँदै पञ्चकन्या ग्रुपले नेपाली बजारमा आफ्नो पकड अझ बलियो बनाउँदै लगेको प्रतिनिधिहरूले बताएका छन् ।





प्रतिक्रिया 4