News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रास्वपाले मुलुकको प्रधानमन्त्री करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभयो।
- शर्माले जेनजी आन्दोलनपछि कांग्रेसबाहेक कुनै दल सुदृढ भएर जनतामाझ जान नसकेको उल्लेख गर्नुभयो।
- उहाँले कांग्रेसले नेतृत्व पुस्तान्तरणमार्फत ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिको नेतृत्वमा परिवर्तन गरेको बताउनुभयो।
२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गरेका छन् ।
शुक्रबार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले रास्वपा लक्षित व्यंग्य गरेका हुन् । मुलुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने भन्दै शर्माले त्यसको लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी गरे ।
‘रास्वपाले करारमा प्रधानमन्त्री पद नियुक्त गर्नेगरी सल्लाह गरेका छौँ भन्छ । करारमा कर्मचारी नियुक्ति त सुनिएको तर आज देशको प्रधानमन्त्री बनाउने भनेर जाँदै गर्दा फाउण्डेसनमा केही हुनुपर्यो,’ उनले भने, ‘गगन थापाले कांग्रेसको चारतारे झण्डा बोकेर दरबारको अघिल्तिर संविधानमुनि नबस्ने हो भने जमिनमुनि बस्ने दिन आउँला गणतन्त्र जिन्दावाद भनेर नारा लाउँदै गद यो चारतारे झण्डामा फाउण्डेसनको तल उहाँ हुनुहुन्थ्यो ।’
उनले जेनजी आन्दोलनपछि नेपाली कांग्रेसबाहेक कुनै पनि दल सुदृढ भएर जनतामाझ जान नसकेको टिप्पणी गरे ।
उनले एमालले जेन-जी आन्दोलनपछि पार्टी विधान संशोधन गरेर दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन पटक पनि अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी गरे ।
विभिन्न दलहरुप्रति कटाक्ष गर्दै उनले परिवर्तनको दाबी गरेका कतिपय दलहरु अहिले पनि जनताको भावनाअनुसार चल्न नसकेको बताए । नेपाली कांग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत पार्टीको नीतिसमेत परिवर्तन गरेको उल्लेख गरे । कांग्रेसले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवाको नेतृत्वमा देशका समस्याको गहिरो विश्लेषण गरेर अघि बढेको उनको भनाइ छ ।
‘जेन–जी आन्दोलनपछि एमालेले विधान बदल्यौँ भन्छ । विधानमा के बदल्यौ ? भन्दा उसले हाम्रो बा दुई पटक अध्यक्ष भइसकेपछि रिटायर्ड हुन लाग्नुभएको थियो । विधानले रोक्दै थियो । विधानलाई बदेलेर तीन पटक पनि अध्यक्ष हुने व्यवस्था गर्यौँ भनेर एमालेले भन्ने अवस्था छ । म गाली वा आलोचना गरिहरहेको छैन । तथ्य त्यही हो,’ उनले भने, ‘माओवादीले नाम बदल्यौँ र २९ वटा पार्टीको मोर्चा बनाएका छौँ भन्छ । कांग्रेसलाई के बदल्यौ ? भनेर सोध्दै गर्दा हामीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवकको नेतृत्वमा सारा नेपाली समस्याको एमआरआईबाट डाइग्नोसिस गरेर आएको अवस्थामा बद्लिएका छौँ ।’
प्रतिक्रिया 4