+
+
Shares

चितवनमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो’ सुरु

एक्स्पोमा स्वदेशी तथा विदेशी डेरी उद्योगसँग सम्बन्धित कम्पनीहरूले अत्याधुनिक दुग्ध संकलन प्रणाली, प्रशोधन प्रविधि, प्याकेजिङ उपकरण र नवीनतम दुग्धजन्य उत्पादन प्रदर्शनमा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको डेरी एक्स्पो सुरु भएको छ जसले दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणमा नयाँ सम्भावना उजागर गर्ने लक्ष्य राखेको छ।
  • राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले ‘दुग्ध क्षेत्रको दिगो विकासका लागि आधुनिक प्रविधि, व्यावसायिक तालिम र बजारको पहुँच अपरिहार्य छ’ भने।
  • एक्स्पोमा स्वदेशी तथा विदेशी कम्पनीहरूले अत्याधुनिक दुग्ध संकलन प्रणाली र नवीनतम दुग्धजन्य उत्पादन प्रदर्शनमा राखेका छन्।

२५ माघ, चितवन । चितवनमा आजदेखि पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘डेरी एक्स्पो’ सुरु भएको छ ।

चितवन डेरी उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा सुरु भएको यस एक्स्पोले दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने लक्ष्य राखेको छ ।

एक्स्पोमा स्वदेशी तथा विदेशी डेरी उद्योगसँग सम्बन्धित कम्पनीहरूले अत्याधुनिक दुग्ध संकलन प्रणाली, प्रशोधन प्रविधि, प्याकेजिङ उपकरण र नवीनतम दुग्धजन्य उत्पादन प्रदर्शनमा राखेका छन् । यस्ता प्रविधि प्रयोगबाट उत्पादन लागत घट्ने र दूधको गुणस्तरमा सुधार आउने विश्वास गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले भने, ‘दुग्ध क्षेत्रको दिगो विकासका लागि आधुनिक प्रविधि, व्यावसायिक तालिम र बजारको पहुँच अपरिहार्य छ, यो एक्स्पो त्यसैतर्फको एक महत्त्वपूर्ण कदम हो ।’

चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ अध्यक्ष किशोर बगालेले किसानले उत्पादन गरेको दूधको उचित मूल्य र बजार सुनिश्चित गर्न यस्ता कार्यक्रमले मद्दत गर्ने बताए ।

त्यस्तै चितवन डेरी उद्योग संघ अध्यक्ष मदन घिमिरेले यस एक्स्पोलाई नेपाली दुग्ध क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रविधिसँग जोड्ने साझा मञ्चका रूपमा परिभाषित गरे ।

एक्स्पो अवधिभरि किसान, उद्यमी र विज्ञबीच अन्तर्क्रिया, अनुभव आदान–प्रदान र व्यावसायिक सञ्जाल निर्माणका कार्यक्रम सञ्चालन गरिनेछन् । यस मेलाले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मको दुग्ध अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?