News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ।
- गण्डकी प्रदेशमा ९९.५ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ भने कर्णाली प्रदेशमा ८०.८ प्रतिशत मात्र पुगेको छ।
- सर्वेक्षणले नेपालमा ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा पुगेको र बागमती प्रदेशमा सबैभन्दा धेरै ९७.१ प्रतिशत पुगेको देखाएको छ।
२६ माघ, काठमाडौं । नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ ले यो तथ्यांक देखाएको हो ।
जस अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा करिब शतप्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ । गण्डकीमा ९९.५ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर स्रोत उपलब्ध रहेको देखिएको छ ।
सबैभन्दा कम भने कर्णाली प्रदेशमा छ । जहाँ ८०.८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको सर्वेक्षणबाट देखिएको छ ।
सहर र ग्रामीण भेगको तुलना गर्दा सहरमा ९८.२ प्रतिशत घरमा निरन्तर विद्युत् सेवा पुगेको देखिन्छ । ग्रामीण भेगमा यो दर ९३.७ प्रतिशत छ ।
प्रदेश अनुसार कोशीमा ९७.२ प्रतिशत घरमा विद्युत् सेवा पुगेको छ । जहाँ शसहरी भेगमा ९८.८ प्रतिशत र ग्रामीण भेगमा ९७.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ । मधेसमा ९८ प्रतिशत हाराहारी भेगमा विद्युत् सेवा पुगेको छ ।
काठमाडौं उत्पकाकामा करिब शतप्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्यांकले देखाएको छ । कर्णालीको भने ग्रामीण भेगमा ७४.८ प्रतिशत घरपरिवारमा मात्र सेवा पुगेको छ । सुदूरपश्चिमको ७८.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्यांकले देखाएको छ ।
सर्वेक्षण अनुसार नेपालमा ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोबाइल) सुविधा पुगेको छ । यसमा सबैभन्दा धेरै बागमती प्रदेशमा ९७.१ प्रतिशत घरपरिवारमा यो सुविधा पुगेको देखिन्छ । सबैभन्दा कम भने सुदूरपश्चिम प्रदेशमा ९२.६ प्रतिशत रहेको सर्वेक्षणको नतिजा छ ।
कार्यालयका अनुसार सर्वेक्षणमा तथ्यांक संकलन गर्न नेपालभरि ५ सय ४० क्लस्टर (गणना क्षेत्र) मध्ये सहरी क्षेत्रबाट ३ सय ४ र ग्रामीण क्षेत्रबाट २ सय ३६ क्लस्टर छानिएको थियो ।
हरेक क्लस्टरबाट २४ परिवार छनोट गरी तथ्यांक संकलन गरिएको थियो । यसरी छानिएका १२ हजार ९ सय ६० परिवारबाट पारिवारिक विवरण संकलन गरिएको थियो ।
प्रतिक्रिया 4