+
+
Shares

मधेशको महाकूम्भ १५ दिने मध्यमा परिक्रमा प्रारम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १३:१४

४ फागुन, जनकपुरधाम । मधेशको महाकूम्भ मानिने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ ।

फागुने औँशीदेखि पूर्णिमासम्म चल्ने यस परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार राज्यका दर्जनौँ धार्मिक तथा ऐतिहासिक स्थल समेटिँदै करिब १३३ किलोमिटर भू–भागको यात्रा गरिन्छ । नेपालको १०७ र भारतको २६ किलोमिटर भूमिमा यात्रीले पैदलयात्रा गर्ने परम्परा छ ।

परिक्रमाको पहिलो दिन आज धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तन र बाजागाजासहित रामजानकीको डोला निस्केको हो । त्यहाँ मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव पुगेका थिए ।

डोला आज जनकपुरधाम आइपुग्दै रत्नसागर मठ हुँदै जानकी मन्दिर पुग्ने डोलामा जनकपुरका विभिन्न मठमन्दिरबाट ल्याइएका अन्य डोलाहरू पनि समावेश गरिएपछि औपचारिक रूपमा परिक्रमा यात्रा प्रारम्भ हुन्छ ।

परिक्रमामा वृहत्त, मध्य र अन्तरगृह गरी तीन प्रकारका यात्रा गरिन्छन् । यद्यपि विभिन्न व्यावहारिक कारणले हाल मध्य परिक्रमामा सहभागी हुने श्रद्धालुको संख्या उल्लेखनीय रूपमा बढी देखिन्छ । परम्परागत बाजागाजा, झाँकी–कीर्तन, मौलिक पहिरन र लावालस्करसहित लाखौँ नरनारीहरूको सहभागिताले परिक्रमालाई सांस्कृतिक उत्सव मानिन्छ ।

१५ दिने यात्राअन्तर्गत क्रमश: जनकपुरको हनुमाननगर, बिहारको कलना स्थित कल्याणेश्वर, फुलहरको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) हुँदै अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?