+
+
Shares

दमक टावरबारे ओली- नबुझ्नेहरूले विरोध गरेका हुन्, दमकको पहिचान हो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १४:२१
फाइल तस्वीर

४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको बताएका छन् ।

झापा-५ मा चुनावी घरदैलोको क्रममा सोमबार ओलीले यस्तो बताएका हुन् ।

झापा-५ का उम्मेदवार समेत रहेका ओलीले दमकमा बनेको टावर भ्यूटावर नभएर एउटा बिजनेस कम्प्लेक्स भएको बताए ।

उक्त बिजनेस कम्प्लेक्सलाई नयाँ खालको आईटी हबको रूपमा विकास गर्ने सोच अनुसार अगाडि बढाएको उनले बताए । तर नबुझ्ने मान्छेहरूले यो किन चाहियो भनेर विरोध गर्ने गरेको उनको भनाइ छ ।

उनले भने, ‘भ्यूटावर भन्छन् । यो वास्तवमा भ्यूटावर नै होइन । यो एउटा बिजनेस कम्प्लेक्स हो । नयाँ खालको आईटी हबको रूपमा यसलाई विकास गर्ने सोचअनुसार अगाडि बढाएका हौं । त्यो कुरा चाहिँ नबुझ्ने मान्छेहरूले किन चाहियो भन्छन् । यो एकजना परिवार वा म गएर बसोबास गर्न बनाएको त होइन नि । यो ठाउँको विकास गर्नलाई बनाएको हो ।’

उनले अगाडि भने, ‘भविष्यमा दमक चिनिने भनेको यही टावरको कारण हो । यो दमकको पहिचान हो, दमकको विकासको एउटा झन्डा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?