४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्ने अवस्था रहेको बताएका छन् ।
झापा-५ मा चुनावी घरदैलोको क्रममा सोमबार ओलीले यस्तो बताएका हुन् । झापा-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका ओलीले चार पल्ट प्रधानमन्त्री हुँदा एक कार्यकाल पूरा भएको स्मरण गरे ।
उनले भने, ‘ठ्याक्कै उभिएर विकास हुँदैन । पहिला भएको ठाउँभन्दा अलिकति अगाडि पाइला सार्नु पर्छ, अनि मात्रै यात्रा हुन्छ । यात्रा हुनलाई पाइला अगाडि सार्नु पर्छ । अगाडि पाइला सार्दा नयाँ ठाउँमा टेक्नुपर्छ । त्यो सबैले बुझ्दैन ।’
उनले अगाडि भने, ‘मैले रेल फेरि सुरु किन गरे नेपालमा ? किन पानी जहाजको बाटोबाट समुद्रमा पुग्ने भनें मैले । त्यसका निम्ति काम हुँदै थियो । तर त्यो मैले सुरु गर्छु फेरि सरकार भत्काउँछ । फेरि सुरु गर्छु फेरि भत्काउँछ । यहाँहरूलाई थाहै छ । एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्यो । चार पल्ट प्रधानमन्त्री हुँदा एक कार्यकाल पूरा भयो ।
राम्रो काम गर्न खोज्दा पनि त्यसो हुन नदिएको उनको आशय थियो ।
‘देशभक्तिको काम गर्नै नहुने । यहाँ औद्योगिक क्षेत्र बनाउन नदिने भनेर देशभित्र देश बाहिरका अनेक शक्ति लागेका छन् । अरू कामहरूमा पनि त्यस्तै । कुनै पनि कामलाई मजाक उडाउने । गम्भीर कुराहरू गर्दा उखान टुक्का भन्यो भन्ने । गम्भीर कुरा भन्या हुन्छ, उखान टुका भन्छ,’ उनले भने, ‘मैले विभिन्न शास्त्रका इतिहासका कुरा गरेको हुन्छ । उनीहरूले उखान टुका भन्छ । त्यो दुई दिन जागरण गएको हो कि बंगाएका हुन् त्यो उनीहरू जानुन् । त्यसो भएर हामीले काम गर्न छोड्नु भएन । यसलाई पनि अगाडि बढाइन्छ ।’
संसारभरिका सबै शहरमा सभागृह, सामुदायिक भवन, रंगशालाहरू हुने भन्दै उनले आफूले रंगशाला बनाउन खोज्दा पनि विरोध भएको बताए ।
प्रतिक्रिया 4