+
+
Shares

राजपाल यादवलाई डेढकरोड धरौटीमा रिहा गर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्ली उच्च अदालतले चेक बाउन्स मुद्दामा बलिउड अभिनेता राजपाल यादवलाई डेढकरोड भारु धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको छ।
  • राजपाल यादवले सन् २०१० मा ५ करोड भारु ऋण लिएर फिल्ममा लगानी गरेका थिए, जुन फिल्म असफल भएपछि ऋण तिर्न सकेनन्।
  • अदालतले ऋणदाताको कम्पनीलाई जमानत निवेदनबारे जवाफ दिन नोटिस जारी गरेको छ र यादव फेब्रुअरी ५ देखि तिहाड जेलमा थिए।

नयाँ दिल्ली । चेक बाउन्स मुद्दामा तिहाड जेलमा ११ रात बिताएका बलिउड अभिनेता राजपाल यादवलाई धरौटीमा रिहा गर्न दिल्ली उच्च अदालतले सोमबार आदेश दिएको छ । अदालतले उनलाई डेढकरोड भारु धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अपरान्ह उनीबारेको मुद्दालाई लिएर थुनछेक बहस भएको थियो । सुनुवाइका क्रममा अदालतले यादवलाई ३ बजेसम्म डेढकरोड भारु धरौटी रकम जम्मा गर्न निर्देशन दिएको थियो ।

हिन्दी फिल्म उद्योगका चर्चित अभिनेता यादवले सन् २०१० मा दिल्लीका एक व्यवसायीसँग ५ करोड भारु ऋण लिएको बताइन्छ । उनले सो रकम आफ्नो निर्देशनमा बनेको पहिलो फिल्म ‘अता पता लापता’ मा लगानी गरेका थिए ।

तर फिल्मले बक्स अफिसमा सफलता नपाएपछि उनले ऋण तिर्न सकेनन् । उनी निकटका व्यक्तिहरूका अनुसार उनले वर्षौंदेखि प्रयास गरे पनि ब्याज बढ्दै जाँदा पूरा रकम तिर्न सकेनन् र अन्ततः यो रकम करिब ९ करोड भारु पुगेको थियो ।

अदालतले ५ करोड रुपैयाँ ऋण दिएको व्यवसायीको कम्पनी ‘मुरली प्रोजेक्ट्स कम्पनी’ लाई पनि जमानत निवेदनबारे जवाफ दिन नोटिस जारी गरेको थियो । मुद्दा करिब ९ करोड भारु तिर्न बाँकी रहेको विषयसँग सम्बन्धित छ ।

सुनुवाइका क्रममा यादवका वकिलले भुक्तानीबारे निर्देशन लिन समय मागेका थिए । यादवले यही महिनाको अन्त्यतिर शाहजहाँपुरमा आफ्नी भतिजीको विवाहमा सहभागी हुनुपर्ने पनि बताएका थिए । उनी फेब्रुअरी ५ देखि तिहाड जेलमा न्यायिक हिरासतमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?