News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्ली हाई कोर्टले अभिनेता राजपाल यादवलाई चेक बाउन्स मुद्दामा जमानतमा रिहा गर्न अस्वीकार गरेको छ।
- अदालतले यादवलाई आत्मसमर्पणको समय थप गर्न गरिएको निवेदन अस्वीकार गरेको छ र ४ फेब्रुअरी साँझ ४ बजेसम्म आत्मसमर्पण गर्न आदेश दिएको छ।
- यो मुद्दा सन् २०१० मा फिल्म निर्माणका लागि लिएको ऋणसँग सम्बन्धित छ र यादवले ५ फेब्रुअरीमा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए।
नयाँ दिल्ली । दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।
न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ ।
अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको छ । यसअघि अदालतले यादवलाई कडा टिप्पणी गरेको थियो । अदालतले स्पष्ट शब्दमा भनेको थियो, ‘तपाईं जेल जानु पर्नाको कारण भनेको तपाईंले आफ्नो वाचा पूरा नगर्नु हो ।’
योसँगै यादवले तिहाड जेलमा थप चार रात बिताउनुपर्ने भएको छ । ५ फेब्रुअरीमा अभिनेता यादवले तिहाड जेलमा आत्मसमर्पण गरेका थिए । यो मुद्दा सन् २०१० मा ‘अता पता लापता’ फिल्म निर्माणका लागि मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट लिएको ऋणसँग सम्बन्धित हो ।
यादव पक्षले अदालतमा जमानतका लागि निवेदन दर्ता गर्दै पारिवारिक विवाह समारोहमा सहभागी हुनुपर्ने कारण उल्लेख गरेको छ । अदालतले उजुरीकर्तालाई जमानत निवेदनमा आफ्नो लिखित जवाफ दर्ता गर्न निर्देशन दिएको छ ।
यसै वर्ष जनवरी २०२६ मा अदालतले अभिनेतालाई अन्तिम मौका दिँदै निर्देशन जारी गरेको थियो । अभिनेता पक्षका वकिलले अदालतलाई राजपालले ५० लाख भारु व्यवस्था गरिसकेको र भुक्तानीका लागि थप एक हप्ता समय चाहिएको बताएका थिए ।
तर न्यायाधीश शर्माले आत्मसमर्पणको समय थप गर्न गरिएको निवेदन अस्वीकार गरिन् । उनले भनिन्, “चेक बाउन्सजस्ता मुद्दामा पटक-पटक गरिएका वाचाहरू तोडिनु गम्भीर विषय हो ।’
अदालतले यो पनि उल्लेख गर्यो कि अभिनेतालाई धेरै अवसर दिइएको थियो, तर प्रत्येक पटक अदालतको विश्वास तोडिएको छ । त्यसपछि अदालतले उनलाई ४ फेब्रुअरी साँझ ४ बजेसम्म आत्मसमर्पण गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया 4