+
+
Shares

के सलमानले सहयोग गरेर राजपाल यादव जेलमुक्त भएका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड हास्य कलाकार राजपाल यादवले दिल्लीको तिहाड जेलमा आत्मसमर्पण गरेका छन् र उनी अहिले पनि जेलमै छन्।

बलिउडका चर्चित हास्य कलाकार राजपाल यादव यतिबेला चेक बाउन्स प्रकरणका कारण चर्चामा छन् । सोही क्रममा उनले दिल्लीको तिहाड जेलमा आत्मसमर्पण गर्नुपरेको थियो । यसैबीच सामाजिक सञ्जालमा उनी जेलबाट बाहिर आएको र सलमान खानलाई धन्यवाद दिइरहेको एउटा भिडियो भाइरल भइरहेको छ ।

भाइरल भिडियोमा उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेलबाट रिहा भएकोमा खुसी व्यक्त गरिरहेका छन् । उनले बलिउडका स्टार सलमान खानको प्रशंसा गर्दै भनेका छन्, ‘सलमान भाइ ठूलो दाजु जस्तै हुनुहुन्छ । उहाँ जस्तो मान्छे यस उद्योगमा निकै कम छन्, जो सधैँ अरूको मद्दतका लागि तयार रहनुहुन्छ ।’

उक्त भिडियो हेरेपछि धेरैले सलमान खानकै कारण राजपाल जेलमुक्त भएको अनुमान गरिरहेका छन् । तर, उक्त भिडियो अहिलेको नभएर सन् २०१८ को भएको पाइएको छ।

राजपाल यादव अहिले पनि जेलमै छन् । उनी रिहा भइसकेका छैनन् । पुरानो भिडियोलाई अहिलेको सन्दर्भमा जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको पाइएको हो ।

यद्यपि राजपाल यादव जेल परेपछि बलिउडका धेरै कलाकारहरूले उनलाई सहयोग गर्ने इच्छा देखाएका छन् । सलमान खान, अजय देवगन, वरुण धवन र सोनू सुद जस्ता कलाकारहरूले राजपाललाई बाहिर निकाल्न मद्दत गर्ने प्रतिबद्धता जनाएका छन् । यद्यपि उनी आधिकारिक रूपमा कहिले रिहा हुन्छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

राजपाल किन जेलमा ?

राजपाल यादवको मुद्दा सन् २०१० देखि सुरु भएको हो । आफ्नो निर्देशनमा बनेको फिल्म ‘अता पता लापता’ निर्माणका लागि ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए । तर, फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भएपछि उनले ऋण तिर्न सकेनन् ।

उनले दिएका धेरै चेकहरू बाउन्स भएपछि उनीविरुद्ध कानुनी कारबाही अघि बढेको हो । हाल ब्याजसहित उनको ऋण करिब ९ करोड पुगिसकेको बताइएको छ ।
त्यसैकारण उनी प्रहरीकोमा आत्मसमर्पण गरेर गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?