+

क्यानडाका सम्राले बनाए टी-२० विश्वकपमा कीर्तिमानी शतक

२०८२ फागुन  ५ गते १२:३५ २०८२ फागुन ५ गते १२:३५
क्यानडाका सम्राले बनाए टी-२० विश्वकपमा कीर्तिमानी शतक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडाका १९ वर्षीय युवराज सम्राले आईसीसी टी-२० विश्वकप २०२६ मा न्युजिल्यान्डविरुद्ध दोस्रो शतक प्रहार गरेका छन्।
  • सम्राले ५८ बलमा १० चौका र ४ छक्कासहित शतक बनाएका थिए र कप्तान दिलप्रित बजवासँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए।
  • क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्दै १७ ओभरमा १ विकेट गुमाएर १५० रन बनाएको थियो र सम्राले सबैभन्दा कान्छा शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका छन्।

५ फागुन, मुम्बई । क्यानडाका युवराज सम्राले आईसीसी टी-२० विश्वकप २०२६ को दोस्रो शतक प्रहार गरेका छन् ।

१९ वर्षीय सम्राले मंगलबार न्युजिल्यान्डविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका हुन् । ओपनिङमा आएका सम्राले ५८ बलमा शतक पूरा गरे ।

उनले टी-२० विश्वकपमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

यस्तै यो टी-२० विश्वकप इतिहासमा एसोसियट राष्ट्रको खेलाडीले बनाएको पहिलो शतक समेत हो ।

सम्राले ६५ बलमा ११ चौका र ६ छक्कासहित ११० रन बनाएर आउट भए । सम्रा र कप्तान दिलप्रित बजवा मिलेर पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए ।

बजवाले ३६ तथा नवनित धलिवालले १० रन बनाए । क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको छ ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय