+
टी-२० विश्वकप २०२६ :

अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै नेपाल, १२ वर्षपछि पहिलो जितको लक्ष्य

२०८२ फागुन  ५ गते ९:३० २०८२ फागुन ५ गते ९:३०
अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै नेपाल, १२ वर्षपछि पहिलो जितको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले ५ फागुनमा मुम्बईस्थित वानखेडे स्टेडियममा स्कटल्याण्डसँग आईसीसी टी-२० विश्वकप २०२६ को अन्तिम खेल खेल्दैछ।
  • नेपाल समूह चरणबाट बाहिरिसकेको छ र तीनवटै खेलमा हार बेहोरेको छ भने स्कटल्याण्ड पनि समूहबाट बाहिरिसकेको छ।
  • नेपालले १२ वर्षपछि टी-२० विश्वकपमा पहिलो जित खोज्दै स्कटल्याण्डलाई हराउने लक्ष्य राखेको छ।

५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकपको २०२६ को समूह चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह सी मा रहेको नेपाल र स्कटल्याण्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

नेपाल र स्कटल्याण्ड अन्तिम खेलमा खेल्नुअघि नै समूह चरणबाट बाहिरिसकेकोले आजको खेल जित्दै सुखद रुपमा विश्वकपको यात्रा सकाउन चाहन्छ ।

वानखेडेलेमै सबै तीन खेल खेलिसकेको नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल त्यसपछि डेब्युटान्ट इटलीसँग १० विकेटको फराकिलो अन्तरले पराजित भयो । यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटको हारपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

उता स्कटल्यान्डले भने पहिलो खेलमा इटलीलाई हराएर टी-२० विश्वकप यात्रा सुरु गरेको थियो । तर त्यसपछि लगातार दुई खेलमा पराजित भएको स्कटल्यान्ड पनि पछिल्लो खेलमा इंग्ल्यान्डले इटलीलाई पराजित गरेपछि अन्तिम खेल अघि नै समूह चरणबाट बाहिरिएको हो ।

समूह सी मा नेपाल मात्र जितविहिन रहेकोले अन्तिम खेलमा स्कटल्याण्डलाई हराउँदै समर्थकलाई खुशी बनाउने लक्ष्यमा छ ।

नेपालको आफ्नो सबै खेल वानखेडे स्टेडियममा खेल्ने तालिका अनुसार तीन खेल एकै मैदानमा खेलिसकेको छ । भाग्यमानी बन्दै बंगलादेशको स्थानमा अन्तिम समयमा टी२० विश्वकप खेल्न आएको स्कछटल्याण्डले भने सुरुवाती तीनै खेल कोलकाताको एडेन गार्डेनमा खेलेर मुम्बई आएको हो । नेपालले एकै मैदानमा खेल्दा त्यसको फाइदा भने उठाउन सकेको छैन ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराएपनि त्यसयता दुई विश्वकप खेल्दा कुनै जित हात पार्न सकेको छैन । त्यसैले टी२० विश्वकपमा १२ वर्षपछि पहिलो जितकै खोजीमा छ नेपाल ।

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म टी२०आईमा दुई खेल भएको छ जसमा दुवैले १-१ खेल जितेका छन् ।

आईसीसी टी२० विश्वकप टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय