News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस ला लिगामा जिरोनाले घरेलु मैदानमा बार्सिलोनालाई २-१ गोलअन्तरले हराएको छ।
- थोमस लेमार र फ्रान बेल्ट्रानले जिरोनाका लागि एक-एक गोल गरे भने पाउ कुबार्सीले बार्सिलोनाका लागि गोल गरे।
- बार्सिलोनाले २४ खेलमा ५८ अंकसहित दोस्रो स्थानमा रहँदा रियल मड्रिड ६० अंकसहित शीर्षस्थानमा छ।
५ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जिरोनासँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा जिरोनाले बार्सिलोनालाई २-१ गोलअन्तरले हराएको हो ।
जिरोनाको जितमा थोमस लेमार र फ्रान बेल्ट्रानले एक-एक गोल गरे । बार्सिलोनाका पाउ कुबार्सीले गोल गरे ।
खेलको ५९औं मिनेटमा कुबार्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६२औं मिनेटमा लेमारले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
८६औं मिनेटमा बेल्ट्रानले गोल गरेपछि जिरोनाको जित पक्का भयो । खेल सकिनै लाग्दा इन्जुरी समयको नवौं मिनेटमा जोल रोकाले रातो कार्ड पाएका थिए ।
यस हारले बार्सिलोनाले शीर्षस्थानमा फर्कने मौका समेत गुमाएको छ । बार्सिलोना २४ खेलमा ५८ अंकसहित दोस्रो स्थानमै छ । यसअघि सोमबार रियल मड्रिड विजयी हुँदै २४ खेलमा ६० अंक जोडेर शीर्षस्थानमा उक्लिएको थियो ।
बार्सिलोनालाई हराएको जिरोना २९ अंकसहित १२औं स्थानमा छ ।
प्रतिक्रिया 4