+

नेपाल कबड्डी लिगको दोस्रो सिजन अर्को वर्ष जेठमा हुने

२०८२ फागुन  ४ गते १८:५९ २०८२ फागुन ४ गते १८:५९
नेपाल कबड्डी लिगको दोस्रो सिजन अर्को वर्ष जेठमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ जेठ २२ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ।
  • एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले दोस्रो सिजनमा ५१२ नेपाली र १५ देशका १०० भन्दा बढी विदेशी खेलाडीले नाम दर्ता गरेको बताए।
  • एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडीसँग सम्झौता गरिएको छ र खेलहरू प्रत्यक्ष प्रसारण हुनेछन्।

४ फागुन, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ को जेठ २२ (जुन ५, २०२६) देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ ।

सोमबार काठमाडौंमन आयोजित कार्यक्रममार्फत् एनकेएल आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले दोस्रो संस्करणको मिति घोषणा गरेको हो ।

पहिलो सिजन उत्साहजनक रुपमा सम्पन्न भएको र दोस्रो सिजन अझ राम्रो तरिकाले आयोजना गर्ने आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले बताए ।

‘गत वर्ष पहिलो संस्करण कल्पनाभन्दा पनि राम्रो भयो । यसले नेपाली कबड्डीमा व्यवसायिकताको सुरुआत गरेको छ । अब दोस्रो सिजनलाई त्योभन्दा राम्रो र उत्कृष्ट ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’ बेगानीले भने ।

बेगानीले दोस्रो सिजनको लागि ५ सय १२ नेपाली खेलाडी र १५ देशका १ सय बढी बिदेशी खेलाडीले नाम दर्ता गरेको र यो गत वर्षभन्दा करिब दोब्बर भएको बताए । यसले दोस्रो सिजन भव्य हुने संकेत गरेको उनको भनाइ छ ।

प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्डलगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए ।

एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।

कार्यक्रममा नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा, महासचिव अरविन्द कुमार झा, र्‍यापर भियोमा पनि उपस्थित थिए ।

पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।

फाइनलमा काठमाडाैँलाई ४३–४१ ले हराएर जनकपुर एनकेएल च्याम्पियन भएको थियो । एस्ट्रोनिक्स म्योनजेमन्ट कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि सुरु गरेको छ ।

एस्ट्रोनिक्स म्योनजेमन्टले एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडीसँग सम्झौता पनि गरेको छ ।

सम्झौता पत्रमा एस्ट्रोनिक्सका सीईओ अग्रवाल र कान्तिपुर टेलिभिजनका चिफ मार्केटिङ अफिसर (सीएमओ) अनुपम अधिकारीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार एनकेएल सिजन २ का खेलहरू कान्तिपुर म्याक्स टीभी एचडीबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय