News Summary
Generated by OK AI. Editorially reviewed.- मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
- मनाङको जितमा आशिष श्रेष्ठले अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा निर्णायक गोल गरेका थिए।
- सेमिफाइनलमा मनाङले आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ र फाइनल खेल फागुन ९ गते हुनेछ।
४ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा भारत सिक्किमको थनडरबोल्ड नर्थ युनाइटेडलाई १–० मा पराजित गर्दै मनाङ मस्र्याङदीले सेमिफाइनलमा प्रवेश गरेको हो ।
मनाङको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे । नियमित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा आशिषले गोल गर्दै टोलीलाई जित दिलाए ।
मनाङले अब फाइनल प्रवेशका लागि आयोजक सहारा क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनल पुगेको जावलाखेल युथ क्लबले फाइनल प्रवेशका लागि प्लानिङ ब्वाइज युनाइटेड र उज्वेकिस्तानको आभा एफसीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् । गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
फाइनल खेल फागुन ९ गते हुनेछ ।
प्रतिक्रिया 4